site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भाजपाको मानहानि : अदालत जाँदै राहुल
फाइल तस्बिर ।

नयाँ दिल्ली । भारतमा विपक्षी दल कांग्रेसका नेता राहुल गान्धी सत्तारूढ भाजपामाथि मानहानिको विषयलाई लिएर आफूविरुद्ध परेको मुद्दामा कर्णाटकस्थित विशेष अदालतमा शुक्रबार (आज) जाने भएका छन् ।

समाचार एजेन्सी एएनआईले राहुल दिल्लीस्थित विमानस्थलमा पुगेको तस्बिर केही समयअघि सार्वजनिक गरेको छ । त्यहाँबाट उनी बैंगलुरु प्रस्थान गर्ने जनाइएको छ ।

Dabur Nepal
NIC Asia

अघिल्लो वर्ष कर्णाटकको विधानसभा निर्वाचनका क्रममा उक्त राज्यको तत्कालीन भाजपा सरकारले व्यापक भ्रष्टाचार गरेको राहुलले आरोप लगाएका थिए । कांग्रेसले यस विषयलाई लिएर ठूलो विज्ञापन पत्रपत्रिकामा पनि छपाएको थियो ।

त्यसपछि कर्णाटकस्थित भाजपा नेतृत्वले राहुल, सिद्धारमैया र डीके शिवकुमारका विरुद्धमा मानहानिको मुद्दा दर्ता गराएको थियो ।

विशेष अदालतले उक्त मामिलामा अहिले राज्यका मुख्यमन्त्री सिद्धारमैया र उपमुख्यमन्त्री डीके शिवकुमारलाई जुन १ मा जमानत दिइसकेको छ । हाल कर्णाटकमा कांग्रेसकै सरकार छ । बीबीसी हिन्दीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ०९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro