site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एफसी चितवनद्वारा फुटबल खेलका आयमबारे अन्तर्क्रिया 

काठमाडौं । फुटबल क्लब ‘एफसी चितवन’ले नेपालमा फुटबल खेलका विभिन्न आयमबारे सरोकारवालाबीच अन्तर्क्रिया गरेको छ । एफसी चितवनले भरतपुर मेयर कप फुटबल प्रतियोगिताको अवसरमा नेपाली फुटबलमा युवा प्रतिभाहरूलाई हुर्काउने र दिगो भविष्यको निर्माणको पहलका बारेमा भरतपुरमा छलफल आयोजना गरेको हो । अन्तर्क्रियामा खेलाडी, विद्यार्थी रसरोकारवालाहरू सहभागी थिए ।

छलफलमा फुटबल खेल तथा खेलाडीको विकासमा स्थानीय निकाय, संघसंस्था, निजी संस्था र खेलाडीहरूको भूमिकाबारे  विभिन्न दृष्टिकोणहरू प्रस्तुत भएका थिए । साथै विभिन्न सरोकारवालाहरूबीच समन्वय, लगानीमैत्री वातावरण सिर्जना, लिग प्रणालीलाई पुनर्संरचना र नीति निर्माणमा खेलाडीहरूको आवाजलाई समावेश गर्ने जस्ता महत्त्वपूर्ण विषयहरू पनि छलफलमा उठेका थिए ।

अन्तर्क्रिया सँगसँगै खेलकुद विज्ञान, पोषण, शारीरिक तन्दुरुस्ती, खेलकुद मनोविज्ञान र चोटपटक रोकथाम जस्ता आवश्यक विषयमा समेत विज्ञद्वारा प्रस्तुति गरिएको थियो ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्बाङ, एफसी चितवनका अध्यक्ष सचिन ढकाल र खेलाडी संघका अध्यक्ष विक्रम लामाको सहभागिता रहेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro