site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दीपक मनाङेविरुद्धको ज्यान मार्ने उद्योगको मुद्दा 'हेर्न नभ्याइने' सूचीमा
फाइल तस्बिर ।

पोखरा । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) को ज्यान मार्ने उद्योगको मुद्दा 'हेर्न नभ्याइने' सूचीमा परेको छ । सर्वोच्च अदालतका न्यायधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा पेसी परे पनि सुनुवाइ हुन सकेन ।

यसअघि वैशाख ७ गते पनि उनको पेसी 'हेर्न नभ्याइने' सूचीमा परेको थियो । मनाङेविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

Dabur Nepal
NIC Asia

०७४ सालमा मनाङ ‘ख’बाट निर्वाचित भएका मनाङेले तत्कालै शपथ पनि लिन पाएका थिएनन् । उनी त्यतिबेला ज्यान मार्ने उद्योगमा प्रहरीको खोजी सूचीमा थिए ।

०७५ वैशाखमा मनाङे कारागार चलान भए । उनलाई ७ वैशाखमा काठमाडौं प्रहरी परिसरको टोलीले स्वयम्भूबाट पक्राउ गरेको थियो । मनाङे ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए । 

मनाङेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई खुकुरी प्रहार गरेको अभियोग लागेको छ । त्यही घटनामा प्रहरीले उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरे पनि जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई दुई वर्ष जेल सजाय सुनाएको थियो । गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामाले सफाइ पाएका थिए ।

त्यो फैसला उल्टाउँदै पुनरावेदन अदालत पाटनले ०६९ मा ज्यान मार्ने उद्योगको मुद्दा ठहर गर्दै मनाङेलाई पाँच वर्ष जेल सजाय सुनाएको थियो । 

अदालतको आदेश आए पनि मनाङे ६ वर्षपछि ०७५ मा पक्राउ परि कारागार चलान भएका थिए । सोही वर्षको पुस पहिलो हप्ता सर्वोच्च अदालतले उनलाई थुनाबाहिरै रहेर मुद्दा लड्न पाउने गरी थुनामुक्त गर्न आदेश दियो । 

अदालतको आदेशसँगै थुनामुक्त भएका मनाङे अहिले पनि गण्डकी प्रदेशसभा सदस्य छन् । अझै पनि उनको मुद्दा किनारा लागिसकेको छैन ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro