site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बैंकको स्वतन्त्र सञ्चालक पनि साधारणसभाबाट छान्नुपर्छ : सोविता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले बैंककाे स्वतन्त्र सञ्चालक पनि साधारणसभाले नै छनोट गर्ने व्यवस्था गर्नुपर्ने बताएकी छिन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेक, २०८० (बाफिया) माथिको छलफलमा सांसद गौतमले यस्तो बताएकी हुन् ।

“प्रस्तावित विधेकको १४ (३) मा सञ्चालक समितिमा कम्तिमा एकजना महिलासहित दुईजना स्वतन्त्र सञ्चालक रहने व्यवस्था गरिएको छ,” उनले भनिन्, “यो बाफिया ऐनमा स्वतन्त्र सञ्चालक सञ्चालक समितिले नै नियुक्त गर्ने भन्ने प्रावधान छ, यसलाई मिलाउनुपर्छ । स्वतन्त्र सञ्चालकको नियुक्ति साधारणसभाले नै गर्नुपर्छ ।”

Dabur Nepal
NIC Asia

स्वतन्त्र सञ्चालक चयनकाे अधिकार साधारणसभालाई नै दिनुपर्ने उनको भनाइ छ । कम्पनी ऐन, २०६३ र कम्पनी निर्देशिका, २०७२ ले स्वतन्त्र सञ्चालकको नियुक्ति साधारणसभाबाट हुने व्यवस्था गरेको पनि उनले जानकारी दिइन् ।

बैंक तथा वित्तीय संस्थामा स्वतन्त्र सञ्चालकको संख्या बढे पनि सञ्चालकको संख्या नबढेको उनको बुझाइ छ । यसमा सञ्चालक समितिको संख्या सातदेखि ११ जना बनाउनुपर्ने गौतमको भनाइ छ । उद्योगी र बैंकर छुट्याउने व्यवस्था स्वागतयोग्य रहेको उनले बताइन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro