site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अनशनरत भण्डारी, बुढाथोकी र तामाङको जीवन रक्षा गर्न कांग्रेस सांसद थापाको माग 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद कुसुमदेवी थापाले विगत ३८ दिनदेखि अनशनमा रहेका दिपक भण्डारी, प्रेम बुढाथोकी र रामबहादुर तामाङको जीवन रक्षाको माग गरेकी छन् । 

बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य  समयमा बोल्दै उनले अपांगता भएका व्यक्तिहरूको हक अधिकारका लागि उनीहरू अनशनमा बसेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“नेपालको संविधान २०७२ मा अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन २०७४ को धारा ९ मा अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी नियमावली २०७७ को परिच्छेद ३ को ९ मा व्यवस्था गरेको पूर्ण अशक्त र अतिअशक्त अपांगता भएका व्यक्तिलाई सहयोगी सेवा उपलब्ध गराउने स्पष्ट व्यवस्था छ,” उनले भनिन्, “अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघको संघीय महासन्धिको नेपाल पनि पक्ष राष्ट्र भएकाले महासन्धिको धारा १९ मा व्यवस्था भएको अधिकारका लागि गएको चैत १४ मा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग भएको सम्झौता लागु गर्न विगत ३८ दिनदेखि अनशनमा बसेका दिपक भण्डारी, प्रेम बुढाथोकी र रामबहादुर तामाङ जीवन मरणको दोसाँधको अवस्थामा छन् ।” 

उनीहरूको मागलाई तत्काल सम्बोधन गरी पूर्ण अपांगता भएका व्यक्तिहरूको स्वभिमानपूर्वक आफ्नै समाजमा जीवनयापन गर्ने अधिकार सुनिश्चित गर्न उनले माग गरिन् ।

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १४:४८
प्रतिक्रिया दिनुहोस्