site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शिक्षामन्त्रीमाथि ओेलीको टिप्पणी स्तरहीन राजनीति : विश्वप्रकाश शर्मा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले शिक्षामन्त्रीका विषयमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणी गलत भएको बताएका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले विवाह गर्नु व्यक्तिगत स्वतन्त्रता रहेको भन्दै त्यसलाई आधार बनाएर कसैमाथि टिप्पणी गर्नु स्तरहीन राजनीति भएको बताए । 

ओलीलक्षित सुमनाको प्रश्न– विदेशीसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भइ हाल्छ ?

“विवाह कसले कोसँग गर्ने, नितान्त व्यक्तिगत स्वतन्त्रताको कुरा हो । अघिल्लो पुस्ताको अग्रज नेताहरूले पछिल्ला पुस्ताको जुनसुकै दलका नेता हुन्, उदाउँदो कुनै पनि राजनीतिक दललाई निरुत्साहित गर्नुहुन्न, प्रोत्साहित गर्नुपर्छ,” शर्माले भने, “प्रधानमन्त्रीको उचाइमा पुग्नुभएको नेताहरूले एक अलग सम्मानमा रहनुपर्छ । जोसँग जहाँ पनि जोरी खोज्न मैदानमा उत्रनुहुन्न ।” 

उनले कसैलाई निष्ठुरी साइँला भन्दिने, कसैलाई बैगुनी कान्छा भन्दिने कुरा स्वभनीय नभएको बताए ।
 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro