site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्यानडाका प्रधानमन्त्रीले मोदीलाई बधाई दिँदै सम्झाए कानुनी शासनमा आधारित सम्बन्ध

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले तेस्रोपटक भारतको प्रधानमन्त्री बन्न लागेकोमा नरेन्द्र मोदीलाई बधाई दिएका छन् । 

क्यानडाका प्रधानमन्त्रीले दिएको बधाई सन्देशमा भनिएको छ, “निर्वाचनमा विजय प्राप्त गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई । क्यानडा दुवै देशका जनताबीच मानवअधिकार, विविधता र कानुनी शासनमा आधारित सम्बन्धलाई अघि बढाउन मोदी सरकारसँग काम गर्न तयार छ ।”  बधाई सन्देशमा क्यानडामा १३ लाख हिन्दु समुदाय रहेको ट्रूडोले उल्लेख गरेका छन् । 

सात चरणमा भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)ले २४० सिटमा जितेको छ । भाजपा नेतृत्वको एनडीए गठबन्धनले २९३ सिट जितेको छ भने भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनले २३४ सिट जितेको छ । 

एक्लै महुमत नल्याएपछि मोदीले पुनः एनडीए गठबन्धनको समर्थनमा नयाँ सरकार बनाउने तयारी गर्दै छन् । गत वर्ष हरदीप सिंह निज्जरको क्यानडामा हत्या भएपछि दुई देशबीच तनाव बढेको थियो । क्यानडाले निज्जरको हत्यामा भारत सरकारको हात रहेको बताउँदै आएको छ । भारतले भने उक्त आरोपलाई अस्वीकार गरेको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro