site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपाध्यक्ष डा. लामा र चीनको शान्सीका उपमन्त्री होङबीच भेटवार्ता

लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा र चीनको शान्सी प्रान्तीय कंग्रेसका स्थायी समिति उपाध्यक्ष झी होङबीच बिहीबार भेटवार्ता भएको छ । 

मन्त्रीस्तरका झी होङसँगको भेटमा लुम्बिनीको ऐतिहासिक पुरातात्त्विक स्थलहरूको संरक्षण विकास र प्रवर्द्धन एंव लुम्बिनी गुरुयोजनाको बाँकी काम पूरा गर्नेलगायत विषयमा छलफल भएको छ । 

उपाध्यक्ष डा. लामाले बुद्धजन्मस्थल लुम्बिनी पवित्रस्थल भएकाले चीनको शान्सी प्रान्तबाट तीर्थयात्रीलाई बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गराउन आग्रह गरे । उनले लुम्बिनी गुरुयोजनाको बाँकी काम पूरा गर्न आफूहरू लागि परेको बताउँदै लुम्बिनीको विकासका लागि छिमेकी राष्ट्रहरूसँग सहकार्य गर्न तयार रहेको बताए । 

लुम्बिनी विश्वभरका बौद्ध सम्प्रदाय र शान्तिमार्गीहरूको केन्द्र भएकाले विश्वव्यापी प्रचार गर्नका लागि उपाध्यक्ष लामाले आग्रह गरे । जवाफमा होङले सहकार्यका लागि पहल गर्ने प्रतिबद्धता जनाए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  ११:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro