site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्डले बधाई दिएपछि मोदीले भने–धन्यवाद 

काठमाडौं । भारतमा एनडीए गठबन्धनले बहुमत हासिल गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री प्रचण्डले मोदीलाई बधाई दिएका हुन् । 

जवाफमा मोदीले शुभेच्छाका लागि प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद भनेका छन् । उनले आफू भारत—नेपाल सम्बन्धलाई अझ बलियो बनाउन निरन्तर सहयोगका लागि प्रतिक्षारत रहेको समेत जनाएका छन् ।  

Dabur Nepal
NIC Asia

मोइजुले पनि दिए बधाई

भारतसँग राम्रो सम्बन्ध नरहेको मानिने माल्दिभ्सका राष्ट्रपति मोहम्मद मोइजुले भारतीय लोकसभामा बहुमत ल्याएकोमा एनडीए गठबन्धनलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री मोदीले जवाफमा माल्दिभ्सका राष्ट्रपतिलाई धन्यवाद दिँदै माल्दिभ्सलाई महत्त्वपूर्ण साझेदार भएको जनाएका छन् ।

माल्दिभ्सका राष्ट्रपतिले एक्समा भनेका छन्, “प्रधानमन्त्री मोदीको अगुवाइमा भाजपा र एन्डीए गठबन्धनलाई २०२४को लोकसभा निर्वाचनमा जित हासिल गरेकोमा बधाई । म दुवै देशको साझा विकासका र हितको लागि साथ मिलेर काम गर्न उत्सुक छु ।”

जवाफमा मोदीले भनेका छन्, “माल्दिभ्स भारतको महत्त्वपूर्ण साझेदार र छिमेकी हो । हाम्रो प्रयास दुवै देशको सम्बन्ध मजबुत गर्नका लागि काम गर्नु रहनेछ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro