site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फेरि आफैँले सरकार बनाउने मोदीको घोषणा, अमेरिका भन्छ– मानवअधिकारप्रतिको चासो यथावत्

नयाँ दिल्ली । भारतमा अपेक्षा गरेभन्दा कम सिट आफ्नो गठबन्धनले ल्याए पनि फेरि नरेन्द्र मोदी नै प्रधानमन्त्री बन्ने सम्भावना रहेको छ । मंगलबार भाजपा पार्टी कार्यालयमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै मोदीले चुनावी विजय विश्वकै सबैभन्दा ठूलो विजय भएको प्रतिक्रिया दिएका छन् । उनले भावी सरकार आफूहरूले बनाउने समेत बताए । यसलाई भारतीयको विजयको संज्ञा दिँदै मोदीले गरिबी देशबाट नहटेसम्म नरोकिने बाचा समेत गरेका छन् । 

भाजपा देशको सबैभन्दा ठूलो पार्टीको रूपमा कायम रहेको छ । भारतको ५४३ सदस्यीय लोकसभामा भाजपा एक्लैले २४० सिट जितेको छ । यद्यपि, सरकार बनाउन २७२ सिट आवश्यक पर्छ । विपक्षी कांग्रेस आई समर्थित गठबन्धनले भने २२३ सिटमा विजय हासिल गरेको छ । यसअघि भाजपाले ‘अबकी बार ४०० पार’ (अब ४०० भन्दा बढी ल्याउने) चुनावी नारा लगाएको थियो ।
 
यसबारेमा विभिन्न देशले भारतको मतपरिणामबारे टिप्पणी गरेका छन् । अमेरिकाले दुई देशबीच निरन्तर रूपमा निकट साझेदारी हुने अपेक्षा गरिएको जनाएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले दुवै देशबीच सरकारी तह र जनस्तरमा महान साझेदारी रहेको जनाउँदै यो निरन्तर रहने पूर्ण आशा गरिएको जनाएका छन् । यद्यपि, आफूले निरन्तर रूपमा मानवअधिकारसम्बन्धी चासोलाई उठाइरहने अमेरिकाले बताएको छ ।

जापानले पनि भारतलाई बधाई दिँदै सरकारी प्रवक्ताले भारत स्वतन्त्र तथा खुला इन्डोप्यासिफिक क्षेत्रको आवश्यकता महसुस गर्ने महत्वपूर्ण साझेदार भएको जनाएका छन् । अल जजीरा
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro