site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
देश हाँक्न अमित शाह र नरेन्द्र मोदी चाहिँदैन भन्ने सन्देश जनताले दिए : राहुल गान्धी

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले नरेन्द्र मोदी र अमित शाहलाई भारतीय जनताले अस्वीकार गरेको सन्देश दिएको बताएका छन् ।

निर्वाचन परिणाम आउने क्रम जारी रहँदा दिल्लीमा रहेको पार्टी कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै उनले संविधान बचाउने जिम्मेवारी गरिब जनताले लिएको उल्लेख गरे । “आरक्षणमा विजेजपीले आक्रमण गर्‍यो । देशले अमित शाह र नरेन्द्र मोदी यो देश चलाउन हामीलाई चाहिँदैन भनेर स्पष्ट सन्देश दियो,” उनले भने ।

Dabur Nepal
NIC Asia

लोकसभा निर्वाचनको नतिजा संविधान बचाउने पहिलो र ठूलो कदम भएको गान्धीले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
“लडाइँ सविधान बचाउनेको थियो । हाम्रो बैंक खाता क्यान्सिल गरे मुख्यमन्त्रीलाई जेलमा हाले पार्टी फुटाए मेरो दिमाग पहिले देखिनै थियो कि हिन्दुस्थानका जनता संविधान बचाउन एकसाथ लड्छ भन्ने मलाई विश्वास थियो । त्यो आज भयो,” उनले भने, “बवरशेर कार्यकर्तालाई र मतदातालाई धन्यवाद । संविधान बचाउने पहिलो र सबैभन्दा ठूलो कदम लिनुभयो ।”

उनले  इन्डिया गठबन्धन एकअर्काको सम्मान गर्दै एक भएर लडेकाले नतिजा सकारात्मक आएको बताए । साथै उनले गठबन्धनले भारतमा नयाँ भिजन प्रवाह गरेको पनि उल्लेख गरे । अब सरकार बनाउनुहुन्छ कि प्रतिपक्षमा रहनुहुन्छ भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ दिएनन् । उनले पहिले गठबन्धनको बैठक बस्ने र निर्णय लिने जानकारी दिए । “आज मसँग यसको जवाफ छैन । भोलि यसको जवाफ हुनेछ,” उनले भने, “गठबन्धनको भोलि बैठक बस्छौँ र निर्णयमा पुग्छौँ ।”

यस्तै, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले यसलाई जनताको जितको संज्ञा दिए । उनले मोदीले अर्को हमला लोकतन्त्र र संविधानमाथि गर्ने भन्दै संविधान रक्षाको लडाई जारी रहने बताए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro