site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लोसपा बैठकमा मधेस प्रदेशको राजनीतिक अवस्थाको समीक्षा
महन्थ ठाकुर । फाइल तस्बिर ।

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालको बैठकमा मधेस प्रदेशको राजनीतिक अवस्थाको समीक्षा गरिएको छ । मंगलबार जनकपुरमा अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरूले मधेसको राजनीतिक अवस्थाको समीक्षा गरेका हुन् ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उत्पन्न राजनीतिक परिस्थति र पार्टीको भूमिकाका विषयमा उक्त बैठकमा छलफल गरिएको थियो ।

अध्यक्ष ठाकुर र वरिष्ठ नेता शरतसिंह भण्डारीको उपस्थितिमा प्रदेशसभाका आठ सदस्यसँग राजनीतिक विषयवस्तुको समीक्षा गरिएको लोसपाका मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले जानकारी दिए । बैठकमा कुनै खासै निर्णय भने नभएको उनले बताए ।

मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार (भोलि) प्रदेशसभाबाट विश्वासको मत लिने तय छ । त्यसबारे समेत बैठकमा समीक्षा गरिएको र पार्टीले उचित निर्णय लिने उनले बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro