site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बजेट क्षेत्रगत मिसनमा आएको छ, ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिन्छ : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा उपसभापति डा. स्वर्णिम वाग्लेले अहिलेको बजेट क्षेत्रगत मिसनमा आएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको सामान्य छलफलमा बोल्दै सांसद वाग्लेले अहिलेको बजेट सन्तुलित भएको बताएका हुन् ।

अर्थमन्त्री वर्षमान पुनले यो वर्षको बजेटमा मिसन मोडमा काम गर्नेगरी क्षेत्रगत प्राथमिकीकरण गरेकोले यसलाई सकारात्मक रूपमा लिनुपर्ने उनले बताए । “यसपालि अर्थमन्त्रीजीले जानेर नजानेर अलिकति केही मिसन मोडमा काम गर्ने गरेर केही क्षेत्रहरूको प्राथमिकीकरण गर्नु भएको छ,” उनले भने, “ग्रोथ ड्राइभ गर्ने ५/६ वटा इन्जिनहरूको पहिचान गरेर त्यसमा मिसन मोडमा काम गर्नुपर्छ ।”

पहिलो डिजिटलाइजेसनमा बजेटले लिएको लक्ष्य सकारात्मक रहेको उनले बताए । यसमा समय र लक्ष्य निर्धारण गरिएकाले त्यसलाई पूरा गर्न सकिने पनि उनले बताए । यसका लागि सुरुआती पनि राम्रो भएको बताए । आईटी पार्क, ज्ञान पार्कजस्ता बुँदाले बजेटको मार्गलाई दिशानिर्देश गरेको उनको भनाइ छ ।

“आईटीमा मिसन क्लियर छ । तीन हजार करोड १० वर्षमा निर्यात गर्ने भनिएको छ । मिसन क्लियर छ । टाइम लिमिट पनि छ । १५ लाख रोजगारीको टार्गेट छ,” उनले भने, “यसको लागि सुरुआती राम्रै छ । आईटी पार्क तथा ज्ञान पार्क, स्वदेशी उत्पादित सफ्टवेयरहरू यहीँ प्रयोग गर्ने कुराहरू, कर प्रोत्साहनका कुराहरू सकारात्मक छन् । अझ यसमा आईटी बोर्डहरु बनाउने र विदेशमा पनि आईटी फोरमहरूलाई निश्चित मापदण्डहरू तोकेर सप्सिडेरी खोल्नै दिने खालका कार्यक्रम ल्याएर सरकार गयो भने लक्ष्य पहुँचभन्दा बाहिर छैन ।”

त्यस्तै एक सय वर्षको इतिहासमा ऊर्जामा करिब तीन हजार मेगावाटको हाराहारीमा जडित क्षमतामा आइपुगेको भन्दै आगामी वर्षसम्म ४५ सय मेगावट जडित क्षमता बनाउने लक्ष्य सकारात्मक रहेको उनले बताए ।

जलविद्युत् क्षेत्रमा पनि सरकारले मिसन मोडमा नै लैजानुपर्छ । पर्यटनमा १६ लाखका कुरा गरिएको भन्दै त्यसलाई दैनिक खर्च र पर्यटकको औसत बसाइलाई लम्ब्याउनुपर्ने उनको भनाइ छ । पर्यटकको टाउको गनेर मात्रै नहुने वाग्लेले बताए । यी सबै विषयहरू मिसन मोडमा नै आएको उनले बताए ।

जीडीपीको तुलनामा यो वर्षको बजेट घटेको वाग्लेले बताए । यो बजेट जीडीपीको ३० प्रतिशत कम रहेको पनि बताए । अहिलेको बजेट कार्यान्वयनमा लान सके ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सहज हुने उनले बताए ।

“आर्थिक सुधारको नयाँ चरणको घोषण गरिएको छ । त्यसमा पनि नयाँ ढंगले जानुपर्ने हुन्छ,” उनले भने, “समग्रमा सन्तुलित बजेट आएको छ । अलिकति बरालिएको बजेटलाई ट्रयाकमा ल्याउने काम भएको छ ।”

कतिपय नारा परम्परागत सुनिए पनि त्यसलाई मिसन मोडलमा ढाल्न सके यो बजेटले नयाँ युगको सुरूआत गर्न सक्ने उनले बताए । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro