site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भाजपा नै अगाडि, कांग्रेसकाे पनि प्रगति

नयाँ दिल्ली । भारतमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) यसपालिको लोकसभा निर्वाचनको मतगणनामा अगाडि देखिए पनि विपक्षी कांग्रेस गठबन्धनले केही प्रगति गर्ने संकेत देखिएको छ । 

तथापि, विश्लेषक रजत सेठी अल जजिरासँगको कुराकानीमा भाजपाले सजिलैसँग बहुमत ल्याउने बताउँछन् । उनले आगामी पाँच वर्ष नरेन्द्र मोदी नै प्रधानमन्त्री हुने, तर सिट केही घट्ने जनाएका छन् । यसअघि भाजपाले दक्षिणी राज्य केरलामा कहिल्यै नजिते पनि यसपालि दुई सिटमा त्यहाँ पनि अग्रता देखाइरहेको छ । 

Dabur Nepal
NIC Asia

गणनाका क्रममा विपक्षी कांग्रेसले ९० भन्दा बढी सिटमा अग्रता लिएकोमा कांग्रेस कार्यकर्तामा खुसियाली छाएको बीबीसी हिन्दीले राखेको तस्बिरमा देखिन्छ ।

नयाँ दिल्लीमा सातवटै सिटमा भाजपा अघि रहेको जनाइएको छ । उत्तर प्रदेशको अमेठीमा भाजपाकी चर्चित नेतृ स्मृति इरानी पछि परेकी छन् भने उनलाई कांग्रेसका किशोरीलाल शर्मा पछि पारेका छन् । बीबीसी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro