site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य चुनौतीपूर्ण : सांसद शाक्य

काठमाडौं । नेकपा (एमाले)बाट राष्ट्रियसभा सदस्य रहेकी अञ्जान शाक्यले सरकारले ल्याएको बजेटमा आर्थिक सुधार, निजी क्षेत्रको प्रवर्द्धन, कृषिको व्यवसायीकरण, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औद्यागिक विकास र पूर्वाधार निर्माण रहनु स्वागतयोग्य भएको बताएकी छन् । सोमबारको राष्ट्रियसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा उनले यस्तो बताएकी हुन् ।

उनले आवश्यक स्रोत परिचालनको समुचित व्यवस्था, प्रशासनिक व्यवस्थामा सुधार, कर प्रशासनमा सुधार, सार्वजनिक ओहदामा बस्ने पदाधिकारीको देश र जनताप्रतिको जवाफदेहीतामा संरचनात्मक सुधारको आवश्यकता रहेको औँल्याइन् । आउँदो आर्थिक वर्षमा सरकारले कुल पुँजीगत खर्च गर्न सक्ने कि नसक्ने भन्ने चुनौती रहेको उनले उल्लेख गरिन् ।

कुल गार्हस्थ उत्पादनमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखिएको भए पनि आवश्यक स्रोत परिचालनको व्यवस्था चुनौतीपूर्ण रहेको उनले बताइन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro