site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेशहरूमा भूगोल र जनसंख्याको आधारमा बजेट छुट्याउनुपर्छ : सांसद महतो
Tiktok banner adTiktok banner ad

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोले प्रदेशहरूमा भूगोल र जनसंख्याको आधारमा बजेट छुट्याउनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद महतोले प्रदेशहरूमा भूगोल र जनसंख्याको आधारमा बजेट छुट्याउनुपर्ने बताएका हुन् । 

उनले प्रदेश र स्थानीय तहको बजेट कटौती गर्न नहुने बताए । उनले संघीयतालाई सवल बनाउनका लागि प्रदेश र स्थानीय तहलाई अझ बजेट आवश्यक पर्ने बताए । 

“सुन्नमा आएको छ प्रदेशको, स्थानीय तहको बजेटहरूमा कटौती गरेका छौँ । मलाई लाग्छ, संघीयतालाई सवल बनाउनको लागि अहिले झन बढी बजेटको आवश्यकता भएको हुनाले बजेट कटौती नगरिदिन अनुरोध गर्न चाहन्छौँ । बजेट छुट्याउँदाखेरी भूगोल र जनसंख्याको आधारमा प्रदेशहरूमा बजेट छुट्याउन सक्यौँ भने त्यसको अर्थ हुन जान्छ । बजेट कार्यान्वयनको चुनौती देखिएको छ । बजेटको आमलक्ष्य पूरा हुनका लागि बैंकमा रहेको तरलता विस्तारै बजारमा जान, पुँजी बजार र रियलस्टेटमा आशाको किरण ल्याउन जरुरी छ,” सांसद महतोले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro