site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, सात घाइते
प्रतीकात्मक तस्बिर ।

गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सातजना घाइते छन् ।

आज बिहान चन्द्रकोट गाउँपालिकाबाट कालीगण्डकी गाउँपालिकाको पूर्तिघाटतर्फ जाँदै गरेको ग२च ३२६२ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा सत्यवती गाउँपालिका–८, भार्सेका ३२ वर्षीया कमला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

उनका अनुसार, जीप आफैँ अनियन्त्रित भई सडकदेखि ४०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका मध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए । घाइते सबैलाई उपचारका निम्ति पाल्पा पठाइएको उनले जानकारी दिए । रासस
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro