site stats
बाह्रखरी :: Baahrakhari
देश
बुटवल पावर कम्पनीको दोस्रो तलामा एकजना मृत फेला
प्रतीकात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौं महानगरपालिका–१०, बुद्धनगरस्थित बुटवल पावर कम्पनीको दोस्रो तलामा एकजना मृतावस्थामा फेला परेका छन् ।

मृत फेला पर्नेमा बाजुराको बडीमालिका नगरपालिका घर भई काठमाडौंको कलंकीमा बस्दै आएका ५० वर्षीय यमनबहादुर विक रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार, विक शनिबार मृत फेला परेका हुन् । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  २१:१७
प्रतिक्रिया दिनुहोस्