site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सामाजिक सुरक्षा कोषको सञ्जाल विस्तारले सेवाग्राहीलाई सहज हुन्छ : मन्त्री अर्याल
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

धनुषा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सामाजिक सुरक्षा कोषको सञ्जाल विस्तारले रोजगारदाता र योगदानकर्ता श्रमिकलाई सेवाका निम्ति थप सहज हुने बताएका छन् ।

मधेस प्रदेशको राजधानी जनकपुरधाममा शनिबार सामाजिक सुरक्षा कोषको कार्यालय उद्घाटन गर्दै उनले यससँगै कोषको सेवाबारे बुझ्न र आबद्ध हुन सहज हुने विश्वास व्यक्त गरे । “कार्यालय स्थापनाले स्थानीय सेवाग्राहीलाई थप सहज हुने अपेक्षा गरेका छौँ । अब सामाजिक सुरक्षा कोषमा योगदान गरेको रकम कहाँ जान्छ, योगदान गर्दा कस्तो लाभ पाउन सकिन्छ भन्ने विषयमा मधेस प्रदेशका सेवाग्राहीलाई स्पष्ट जानकारी दिन कार्यालयका कर्मचारीको भूमिका महत्त्वपूर्ण छ । योजनामा ढुक्कसँग सहभागी हुन म सेवाग्राहीलाई आग्रह गर्दछु,” मन्त्री अर्यालले भने ।

कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कार्यालयबाट धनुषा, सप्तरी, सिरहा र सर्लाही गरी चार जिल्लाका रोजगारदाता र श्रमिकलाई सेवा लिन सहज हुने बताए । उनले चार जिल्लाबाहेक अरू ठाउँका व्यक्तिले पनि लाभ लिन सक्ने जानकारी दिए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro