site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
न्युरोडलाई सुन्दर बनाउन बालेनको आह्वान, भने– सडकमा पार्किङ गर्न पाउनु पर्छ भन्नेले फुटपाथ बढाउँदा विरोध गरे 
फाइल तस्बिर

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) ले काठमाडौंको न्युरोडको सडकमै पार्किङ गर्न पाउनुपर्छ भन्नेले अहिले फुटपाथ बढाउँदा विरोध गरेको आरोप लगाएका छन् । काठमाडौं महानगरले न्युरोडमा फुटपाथ बढाउने क्रममा बालेन र सडक डिभिजन कार्यालय एवं स्थानीयबीच आरोप–प्रत्यारोप चलिरहेका बेला बालेनले शुक्रबार यस्तो बताएका हुन् । 

“न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले तीन फिट फुटपाथ बढाउँदा विरोध गरिरहेका छन्,” बालेनले फेसबुकमा लेखेका छन् ।

उनले न्युरोड अझ सुन्दर बनाउन एकजुट हुन आह्वान गर्दैै प्रश्न गरेका छन्, “सडकमा तीन फिटभन्दा बढी ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने, तर त्यही पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ?” 

काठमाडौं महानगरका प्रमुख बालेनले सडक विभागले बनाएको मापदण्डअनुसार दैनिक एक लाख र बजारको सिजनमा पाँच लाख हिड्ने सडकमा फुटपाथ कत्रो चाहिन्छ भन्ने मापदण्ड हेर्न पनि अनुरोध गरेका छन् । त्यो मापदण्ड पालना गर्नलाई बनाइएको हो कि होइन भनि सरोकारवाला निकायलाई सोध्न पनि उनले अनुरोध गरेका छन् ।

“प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ । कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिउँ । फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिउँ,” बालेनले भने ।

बालेनको निर्देशनमा काठमाडौं महानगरले न्युरोडमा फुटपाथ बढाउन सुरु गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका सडक डिभिजन काठमाडौं कार्यालयले रोकेको थियो । सडक डिभिजनले बुधबार महानगरलाई पत्र पठाइ दुई दिनभित्र फुटपाथ बढाउँदा भत्काएको सडक बनाउन चेतावनी दिएको छ । दुई दिनभित्र भत्काएको सडक नबनाए कानुनी कारबाही अघि बढाउने पनि सडक डिभिजनले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro