site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सीजीले ल्यायो ‘खेल नेपालीको, टीभी नेपालको’ अभियान

काठमाडौं । सीजीले आईसीसी ट्वान्टी–२० विश्वकप २०२४ लाई लक्षित गर्दै ‘खेल नेपालीको, टीभी नेपालको’ अभियान सुरु गरेको छ । यस रोमाञ्चक अभियानअन्तर्गत ग्राहकहरूले कुनै पनि  सीजी ब्रान्डको टेलिभिजन खरिद गर्दा आकर्षक क्यासब्याक तथा ६५ र ७५ इन्चको टीभी खरिदमा सीजीको २.१ स्पिकर प्राप्त गर्न सक्नेछन् ।

यस योजनाअन्तर्गत ग्राहकहरूले निःशुल्क डेलिभरी, निःशुल्क जडान, अन–द–स्पट पाँच ईएमआई, सीजी लोयल्टी क्लब रिवार्ड र सीजी इलेक्समार्फत आफ्नो सामानको मूल्यांकन आफैँ गरी एक्सचेन्ज गर्न सक्नेछन् ।

सीजी ब्रान्डका टिभीहरू नेपालको एक मात्र आईएसओ ९००१ः२०१५ प्रमाणित टीभी भएको कम्पनीले जनाएको छ । यसमा ग्राहकहरूले तीन वर्षको वारेन्टीको पनि मजा लिन सक्छन् ।

यसपटकको विश्वकप क्रिकेट अमेरिका र वेष्ट इन्डिजमा जेठ २० गतेबाट सुरु हुँदैछ । नेपाल सन् २०१४ पछि दोस्रोपटक भाग लिँदैछ । नेपाली क्रिकेट टिम केही समयदेखि क्रिकेटमा उच्च अन्तर्राष्ट्रिय लेभलको गेम खेल्दै आइरहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १९:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro