site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भन्सार छलेर आउने मोबाइलमा प्रतिबन्ध लगाउन माग
Dabur Nepal

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले भन्सार छलीबाट आउने मोबाइलमा प्रतिबन्ध लगाउन माग गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले भन्सार छलीबाट मोबाइल भित्रँदा राज्यलाई अर्बाैं रुपैयाँ राजस्व नोक्सानी भइरहेको र व्यवसायीलाई पनि असर पारिरहेको भन्दै प्रतिबन्ध लगाउनुपर्ने माग गरेको हो । 

महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले वार्षिक एक अर्ब ८० करोड रुपैयाँ बराबरको मोबाइल सेट विदेश भ्रमणमा गएर फर्किएका र आफन्तहरूले पठाउँदा नेपाल भित्रिएको बताए । त्यस्तै, खुला सीमानबाट राजस्व छलेर प्रतिमहिना पाँच हजार ५०० का दरले नेपालमा आइरहेको महासंघको दाबी छ ।

राज्यले भन्सार छलीबाट आउने यस्ता प्रकारका मोबाइल सेटहरूमा प्रतिबन्ध लगाउनुपर्ने उनले माग गरे । उनले यस किसिमका कारोबारको अन्त्य गर्न सरकारले तत्काल एमडीएमएस प्रणाली लागु गर्नुपर्नेमा जोड दिए । महासंघले जेठ २५ गते दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभा आयोजना गरिएको जानकारी गराएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १४:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro