site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मेक्सिकाेमा गर्मी बढेसँगै बाँदरमा ‘हिट स्ट्रोक’, १५७ को मृत्यु
Dabur Nepal
NIC Asia

मेक्सिको सिटी । अत्यधिक गर्मीका कारण दक्षिण मेक्सिकोका केही राज्यमा हाउलर बाँदरको मृत्यु भएको छ । गर्मीका कारण मेक्सिकोको चियापास, तबास्को, क्याम्पेचे र भेराक्रुजमा बाँदरको मृत्यु भएको मेक्सिकोको वातावरण विभागले जनाएको छ  ।

हिट स्ट्रोकका कारण ती बाँदरको मृत्यु भएको विभागले जनाएको छ । बाँदर रहने स्थानमा भएको खडेरीले खोला र झरना सुक्दै जानु पनि बाँदरको मृत्युको कारणमध्ये एक मान्न सकिने जनाइएको छ ।

विभागले पछिल्लो तथ्यांक नदिए पनि यसअघि मे महिनाको सुरूदेखि १५७ बाँदर मरेको जनाइएको थियो । बाँदरको मृत्युबारे दुई साताअघि तोबास्कोमा वन्यजन्तुसम्बन्धी बायोलोजिस्ट तथा भेटनरियनले पहिलोपटक रिपोर्ट गरेका थिए । एपी
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १४:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro