site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी दूतावासले सन्दीपलाई अन्तर्वार्ताका लागि बोलायो 
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको छ । उनलाई अमेरिकी भिसा दिने वा नदिने सम्बन्धमा अन्तर्वार्ता लिन दूतावासले बिहीबार अपराह्नको समयमा बोलाएको हो । “हाम्रो अनुरोधपछि अमेरिकी दूतावासले क्रिकेटर लामिछानेलाई पुनः अन्तर्वार्ताको लागि आज (बिहीबार) अपराह्न बोलाएको छ,” परराष्ट्र मन्त्रालय स्रोतले बाह्रखरीसँग भन्यो ।

काठमाडौंस्थित अमेरिकी दूतावासले यही जेठ ९ गते लामिछानेलाई अमेरिकी भिसा दिन अस्वीकार गरेको थियो । आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिका जानको लागि उनले भिसाको लागि दूतावासमा आवेदन दिएका थिए । तर, भिसा ‘रिजेक्ट’ भएपछि दूतावासमाथि दबाब दिन उनले बारम्बार परराष्ट्रमन्त्रीदेखि मन्त्रालयका कर्मचारीलाई फोन गर्ने गरेका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार लामिछानेले बारम्बार फोन गरेपछि काठमाडौंस्थित अमेरिकी दूतावासलाई भिसामा सहजीकरण गरिदिन परराष्ट्रले अनुरोध गरेको थियो । त्यसपछि दूतावासले अन्तर्वार्ताको लागि लामिछानेलाई बोलाएको हो । 

आईसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्दै छन् । विश्वकप आउँदो जुन २ देखि २९ सम्म हुँदै छ । विश्वकप खेल्नको लागि नेपाली राष्ट्रिय टिम अहिले अमेरिकामा छ । 

Royal Enfield Island Ad

बलात्कारको आरोपमा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेपछि लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिमबाट हटाएको थियो । केही दिनअघि उच्च अदालत पाटनले लामिछानेका विषयमा जिल्ला अदालतले गरेको फैसला बदर गरेपछि क्यानले सन्दीपलाई पुनः राष्ट्रिय क्रिकेट टोलीमा समावेश गर्ने प्रक्रिया अघि बढाएको थियो ।

राष्ट्रिय टिममा पर्ने भएपछि उनले अमेरिका जान काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसाका लागि आवेदन दिएका थिए । तर, दूतावासले उनलाई भिसा दिन अस्वीकार गरेको थियो ।

यसअघि सन् २०१९ अगष्टमा पनि अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । त्यतिबेला उनले अमेरिकाले भिसा नदिएको कुरा सामाजिक सञ्जालमा राखेपछि अमेरिकी दूतावासले उनलाई पुनः बोलाइ भिसा दिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १३:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro