site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सन्दीपका फोनले परराष्ट्रका कर्मचारी हैरान, दूतावासले अन्तर्वार्तामा बोलाउने संकेत 
फाइल तस्बिर ।

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको फोनका कारण पछिल्ला केही दिनयता परराष्ट्र मन्त्रालयका कर्मचारी हैरान छन् ।

यही जेठ ९ गते काठमाडौंस्थित अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । राष्ट्रिय टिमबाट आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिका जान उनले भिसाका निम्ति उनले दूतावासमा आवेदन दिएका थिए । भिसा ‘रिजेक्ट’पछि दूतावासमाथि दबाब दिन उनले बारम्बार परराष्ट्रमन्त्रीदेखि मन्त्रालयका कर्मचारीलाई फोन गर्ने गरेका छन् ।

“कसलाई भिसा दिने वा नदिने भन्ने सम्बन्धित देशको नितान्त आन्तरिक मामिला हो । अझ यो दूतावासको कन्सुलर शाखाका कर्मचारीको अधिकारको कुरा हो । तर, यहाँ राष्ट्रिय खेलाडी हुँ भन्दै दबाब दिनुपर्‍यो भनेर बारम्बार फोन आउने गरेको छ,” परराष्ट्र मन्त्रालयका एक उच्च कर्मचारीले बाह्रखरीसँग भने ।

सन्दीपको ‘केस’लाई अमेरिकी दूतावासले ‘पर्सनल’ रूपमा हेरेको परराष्ट्रको बुझाइ छ । “सन्दीपको विषयमा अमेरिकाले अनेक तरिकाबाट सूचना प्राप्त गरेको हुनसक्छ । केही कुरामा उसलाई शंका पनि हुनसक्छ,” ती कर्मचारीले भने ।

परराष्ट्र मन्त्रालयका ती उच्च कर्मचारीका अनुसार, सन्दीपले फोन गरेपछि भिसामा सहजीकरण गरिदिन परराष्ट्रले दूतावासमा अनुरोध गरेको छ । “भोलि (शुक्रबार)सम्म पुनः अन्तर्वार्ताको लागि बोलाउन सक्ने संकेत अमेरिकी दूतावासले दिएको छ । तर, यसै भन्न सकिन्न । स्पष्ट रूपमा अमेरिकी दूतावासले केही भनेको छैन,” परराष्ट्रका ती कर्मचारीले भने ।

आईसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेका छन् । आउँदो जुन २ देखि २९ सम्म विश्वकप हुँदै छ । विश्वकप खेल्न नेपाली राष्ट्रिय टिम अमेरिका पुगिसकेको छ ।

बलात्कारको आरोपमा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेपछि सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो । केही दिनअघि उच्च अदालत पाटनले सन्दीपका विषयमा जिल्ला अदालतले गरेको फैसला बदर गर्‍यो । त्यसपछि क्यानले उनलाई पुनः टिममा समावेश गर्ने प्रक्रिया अघि बढाएको थियो ।

राष्ट्रिय टिममा पर्ने भएपछि सन्दीपले अमेरिका जान दूतावासमा भिसाका निम्ति आवेदन दिएका थिए । तर, दूतावासले उनलाई भिसा दिन अस्वीकार गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १२:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro