देश

सुर्खेत । सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुईजनाको शव रुखमा अड्किएको अवस्थामा भेटिएको छ । दुईजना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल पुयाइएको छ ।
दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको उक्त कार्यालयले जनाएको छ । दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीको एउटा टोली उद्धारका लागि परिचालन भएको थियो । रासस
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१ ०७:१५
प्रतिक्रिया दिनुहोस्