site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा टिपरको ठक्करबाट नेपालीको मृत्यु
Dabur Nepal
NIC Asia

काठमाडौं । काठमाडौंमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१५ स्वयम्भुस्थित भगवानपाउमा बा५ख १४७१ नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका एक साइकल यात्रीको मृत्यु भएको हो । 

मृत्यु हुनेमा गोरखाको अजिरकोट गाउँपालिका घर भई हाल काठमाडौं महानगरपालिका–१५ स्वयम्भु बस्ने ३० वर्षीय विकास नेपाली रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।  

डल्लुबाट भगवानपाउतर्फ जाँदै गरेको टिपरले सोही दिशातर्फ जाँदै गरेको साइकललाई आज ठक्कर दिँदा नेपाली घाइते भएका थिए । उनलाई उद्धार गरी उपचारका लागि मनमोहन अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro