site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
४५ जनाको मृत्युप्रति इजरायली प्रधानमन्त्रीको टिप्पणी– दुःखद घटना, विश्वव्यापी आलोचना
तस्बिर : एपी ।

गाजा । गाजाको रफाह क्षेत्रमा ४५ जनाको ज्यान जाने गरी इजरायली पक्षबाट शरणार्थी शिविरमा गरिएको आक्रमणलाई इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ‘दुःखद घटना’ भनी टिप्पणी गरेका छन् ।

इजरायलले गएको आइतबार रफाहको शरणार्थी शिविरमा आक्रमण गरेको थियो । घटनापछि अन्तर्राष्ट्रिय समुदायबाट नेतान्याहूले आलोचनाको सामना गर्नुपरेको थियो ।

नेतान्याहूले भने, “रफाह क्षेत्रबाट १० लाख मानिसलाई सुरक्षित निकालिएको छ । नागरिकलाई नोक्सान नपुर्‍याउने हाम्रो प्रयास रहन्छ । तर, एउटा घटना भएको छ, त्यसको हामी जाँच गरिरहेका छौँ र त्यसबाट हामी सिक्नेछौँ ।”

यसैबीच, रफाहमा गरिएको पछिल्लो आक्रमणपछि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक मंगलबार (आज) बस्ने जनाइएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले त्यहाँ आक्रमण रोक्न आग्रह गरेका छन् ।

यस्तै, फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले गाजा क्षेत्रमा युद्धविराम गर्न आग्रह गरेका छन् ।

जर्मनीको विदेश मन्त्रालयले पनि गाजामा गरिएको पछिल्लो आक्रमणबाट अपूरणीय क्षति भएको जनाएको छ । सीएनएनबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ०९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro