site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
छानबिनका लागि रवि लामिछानेको नाम तोक्नैपर्ने अडानबाट कांग्रेस पछि हटेको हो ?

काठमाडौं । नेपाली कांग्रेस सहकारीको रकम हिनामिनाबारेको छानबिनमा गृहमन्त्री रवि लामिछानेको नाम तोक्नैपर्ने 'अडानबाट पछि हटेको' छ ।

सोमबार साँझ संसदीय समितिको कार्यादेश (टीओआर) तोक्न गठित कार्यादलको बैठकमा कांग्रेस लचिलो बनेकोतर्फ कानुनमन्त्री पदम गिरीले संकेत गरे ।

"नाम उल्लेख गर्न हुँदैन भनेर हामीले पहिला पनि कुरा उठाएका थियौँ । निश्चित कम्पनीको नाम उल्लेख हुन्छ, जो कोही छानबिनमा तानिन्छन् । उनीहरूलाई गल्ती गरेको छ भने कारबाही हुन्छ, नाम उल्लेख नगर्ने कुरामा प्रमुख प्रतिपक्षी दल सहमत भएको भन्न सक्छौँ," उनले भने ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि नाम तोक्ने अडानबाट पछि हटेको संकेत गरे । उनले गृहमन्त्री लामिछानेको नाम जोडिएका सबै सहकारीको नाम लेखिने भएकाले संलग्न सबैमाथि छानबिन हुने बताए ।

"रकम हिनामिना गर्ने सबै सहकारी संस्थाको नाम लेख्ने र ती सहकारीको छानबिन गर्ने भएपछि अपचलनमा संलग्न सबै पर्छन् । उनीहरूमाथि छानबिन हुन्छ," लखेकले बाह्रखरीसँग भने ।

कार्यदलबाट कार्यादेशको अन्तिम टुंगो लगाउन मंगलबार बिहान ११ बजे फेरि बैठक बस्ने कानुनमन्त्री गिरीले बताए । उनले भोलिबाट सदनका नियमित कामहरू निर्वाधरूपमा अगाडि बढ्ने पनि बताए ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  २२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro