site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बंगलादेशमा आँधीका कारण मृत्यु हुनेको संख्या १० पुग्यो, ३० हजार घर पूर्ण रूपमा क्षतिग्रस्त

ढाका । बंगलादेशमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या कम्तीमा १० पुगेको छ भने ३० हजारभन्दा बढी घर भत्किएका वा पूर्ण रूपमा क्षतिग्रस्त बनेका अधिकारीले बताएका छन् । आँधीले दशौँ हजार घरमा आंशिक क्षति पुर्‍याएको स्थानीय अधिकारीहरूले सोमबार बताएका छन् ।

बरिसाल जिल्लाका सरकारी प्रशासक शौकत अलीले भने, “अधिकांशको मृत्यु ढलेको घर वा पर्खाल भत्किँदा भएको थियो । तीनजनाको छिमेकी जिल्लामा डुबेर मृत्यु भएको छ ।”  

Dabur Nepal
NIC Asia

आइतबार राति ‘रेमाल’ नाम दिइएको चक्रवातले तटीय क्षेत्रमा भीषण आँधीबेहरी र छालहरू ल्याएको थियो ।सोमबार दिउँसोसम्म यो कमजोर भए पनि हावाहुरी र वर्षाले तटीय क्षेत्रमा अझै असर पारेको छ । “चक्रवातका कारण भारी वर्षा भइरहेको छ र हावाको गति पनि उच्च छ,” अलीले भने ।  

सरकारी प्रशासक हेलाल महमुदका अनुसार खुलान जिल्लामा दुईजनाको मृत्यु भएको छ । उनले भने, “चक्रवातले एक लाख २३ हजारभन्दा बढी घरमा क्षति पुर्‍याएको छ र तीमध्ये करिब ३१ हजार घरमा पूर्णरुपमा क्षति पुगेको छ ।”

चित्तागोङ्ग (चटगाँव) का प्रशासक तोफाएल इस्लामले भने, “चटगाँवमा एक व्यक्तिको मृत्यु भएको छ, जहाँ ४० हजारभन्दा बढी मानिस अझै पनि भारी वर्षा र तीव्र हावाका कारण सुरक्षित आश्रयस्थलमा छन् ।”

बंगलादेशको सबैभन्दा ठूलो सरकारी विद्युत् वितरण कम्पनी बंगलादेश ग्रामीण विद्युतीकरण बोर्डका प्रमुख इञ्जिनियर विश्वनाथ सिकदर आँधीका कारण चटगाँव क्षेत्र पूर्णरूपमा विद्युतविहीन बनेको छ । उनले भने, “आँधीले एक करोड २५ लाखभन्दा बढी मानिसले उपभोग गर्दै आएको विद्युत् आपूर्ति बन्द भएको छ । चक्रवातको अवस्थामा सुधार आएपछि हामी विद्युत आपूर्ति सुचारु गर्नेछौँ ।” रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro