site stats
बाह्रखरी :: Baahrakhari
खेल
राखेपका एक कर्मचारीलाई मात्र तीन करोड ११ लाख पेस्की

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका निम्ति एक कर्मचारीलाई मात्र तीन करोड रुपैयाँभन्दा धेरै पेस्की दिएको जनाइएको छ ।

महालेखापरीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदनमा राखेपले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका निम्ति कुल १९ करोड ७९ लाख रुपैयाँ पेस्की बाँडेको उल्लेख छ । त्यसमध्ये राखेपले एक कर्मचारीलाई मात्र तीन करोड ११ लाख रुपैयाँ पेस्की दिएको प्रतिवेदनमा जनाइएको छ ।

यस्तै, राखेपका नाममा दुई हजार २८ पदाधिकारी, कर्मचारी, समिति र संघ संस्थाका नाममा एक अर्ब ३८ करोड ९० लाख ९८ हजार रुपैयाँ पेस्की बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १८:३४
प्रतिक्रिया दिनुहोस्