site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक वर्षमै थपियो एक खर्ब २७ अर्ब बेरुजु, संघमा सबैभन्दा बढी अर्थ मन्त्रालयको
Tiktok banner adTiktok banner ad

काठमाडौं । पछिल्लो एक वर्षमा एक खर्ब २७ अर्ब ७४ करोड रुपैयाँ बेरुजु थपिएको छ । महालेखापरीक्षकको कार्यालयको ६१औँ वार्षिक प्रतिवेदन आइतबार सार्वजनिक गर्दै महालेखापरीक्षक तोयम रायले यस्तो बताएका हुन् ।

आर्थिक वर्ष २०७९/८० मा पाँच हजार ६०५ कार्यालयको ७८ खर्ब ८१ अर्ब रुपैयाँको लेखापरीक्षण गरिएको थियो । त्यसमध्ये संघीय सरकारको २४ खर्ब ६१ अर्ब, प्रदेशको तीन खर्ब २३ अर्ब र स्थानीय तहको ११ खर्ब ३९ अर्बको लेखापरीक्षण गरिएको थियो ।

तीन तहका सरकार, समिति र कार्यालयको गरी एक खर्ब २७ अर्ब ७४ करोड बेरुजु औँल्याइएको छ ।

हालसम्मको अध्यावधिक बेरुजु ६ खर्ब ६९ अर्ब र कारबाही गरेर टुंगो लगाउनुपर्ने पाँच खर्ब १३ अर्ब गरी कुल बेरुजु ११ खर्ब ८३ अर्ब २६ करोड पुगेको छ ।

संघीय सरकारमा सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालयको छ । अर्थको २५ अर्ब ४७ करोड, दोस्रोमा भौतिक पूर्वाधार तथा यातायातको १२ अर्ब र तेस्रोमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तीन अर्ब १२ करोड बेरुजु रहेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।

qwfdmsg-1716724097.jpg
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro