site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
किमाथांकासहित १४ नाका पुनः खुला
तस्बिर : अशोक घिमिरे/रासस ।

किमाथांका । संखुवासभाको किमाथांकासहित चीनसँग जोडिएका १४ वटै नाका शनिबारदेखि पुनः खुलाइएको छ । कोरोना संक्रमण फैलने डरले चीन सरकारले ०७६ माघ ५ गतेदेखि विभिन्न नाका बन्द गरेको थियो ।

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाम निमाले चीनको छेन्ताङमा शनिबार आयोजित एक समारोहबीच किमाथांकासहित नेपाल–चीन सीमामा रहेका १४ वटै नाका पुनः खुलाइएको संयुक्त रूपमा घोषण गरे ।

उक्त कार्यक्रममा पुगेर फर्कने क्रममा संखुवासभाको तुम्लिङटार विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री श्रेष्ठले परम्परागत नाका सञ्चालनमा आएको औपचारिक रूपमा घोषणा गरिएको बताए ।

उनका अनुसार, सात नाका शनिबारैदेखि खुला गरिएको छ । अरू सात नाका चाँडै खुला गरिनेछ । नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि किमाथांकासहित १४ व्यापारिक नाका खुलाउन सफल भएको उनले बताए ।

गत वर्ष चैतमा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका अवसरमा नेपाल–चीन सीमा क्षेत्रमा रहेका सम्पूर्ण परम्परागत व्यापार नाका क्रमशः खुलाउने समझदारी भएअनुसार नै नाका पुनः सञ्चालन गरिएको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

उद्घाटन समारोहमा भाग लिन कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, गृह र परराष्ट्र मन्त्रालयका सहसचिव, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत उच्चपदस्थ अधिकारी सहभागी प्रतिनिधिमण्डल चीनको छेन्ताङ पुगेको थियो ।

किमाथांका नाका खोलिएपछि भोटखोलावासी उत्साहित भएका छन् । विगतमा यहाँका बासिन्दाले चिनियाँ बजारबाट खाद्यान्न आयात गर्दै आएका थिए । तर, नाका बन्द गरिएपछि उनीहरूलाई समस्या भएको थियो ।

किमाथांकामा ०३५ सालमा भन्सार कार्यालय स्थापना गरिएको थियो । सशस्त्र द्वन्द्वपछि भोटखोलाको हटियास्थित सीमा भन्सार कार्यालय ०५७ सालमा सदरमुकाम खाँदबारी सारिएको थियो ।

भोटखोलावासीलाई तिब्बत प्रवेश गर्न स्थानीयस्तरमा अनुमतिपत्र वितरण गरिएको छ । किमाथांका नाका संखुवासभा सदरमुकामदेखि १६२ किलोमिटर टाढा पर्छ । रासस

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १८:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro