site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पेस्तोलसहित दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । पेस्तोलसहित प्रहरीले सप्तरीबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीकै सुरुंगा नगरपालिका–६, श्रीपुरका ४५ वर्षीय विशेश्वरप्रसाद साह र काठमाडौंको टोखा नगरपालिका–८ का ४२ वर्षीय बमबहादुर तामाङ छन् ।

उनीहरूका साथबाट पेस्तोल एक, त्यसमा लाग्ने गोली दुई राउन्ड र म्यागजिन दुईथान बरामद गरिएको छ । सप्तरीको खडक नगरपालिका–८, भदियाबाट शुक्रबार (हिजो) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

उनीहरू स६प ५९०८ नम्बरको मोटरसाइकलमा सवार थिए । प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियार फेला पारी पक्राउ गरिएको जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro