site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाली फुटबल टिमको सहायक प्रशिक्षकमा चेतन घिमिरे नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा चेतन घिमिरे नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार टिमको सहायक प्रशिक्षकको जिम्मेवारी घिमिरेलाई र गोलकिपर प्रशिक्षकको जिम्मेवारी मनिष तिमल्सिनालाई सुम्पिएको हो ।

Dabur Nepal
NIC Asia

उनीहरू यसअघि सहायक प्रशिक्षक रहेका प्रवेश कटुवाल र गोलकिपर प्रशिक्षक विनोद डंगोलको स्थानमा आएका हुन् ।

नेपाली टिमले फिफा विश्वकप छनोट–२०२६ अन्तर्गत दोस्रो चरणमा जुन ६ मा युनाइटेड अरब इमिरेट्स (यूएई) र जुन ११ मा यमनविरुद्ध खेल्ने तालिका छ । यी दुवै खेल साउदी अरेबियामा हुनेछन् ।

यसअघि यूएईविरुद्धको खेल नेपालमा हुने तालिका रहे पनि एसियन फुटबल महासंघ (एएफसी)ले दशरथ रंगशाला अयोग्य रहेको बताएपछि खेल 'तटस्थ भूमि'मा सरेको हो ।

छनोटको समूह ‘एच’मा रहेको नेपालले हालसम्म चार खेल खेले पनि अंकको खाता खोल्न सकेको छैन ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro