राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले अध्यादेशबाट बजेट ल्याउने तयारी नभएको बताएका छन् ।
शुक्रबार संसद् भवन परिसरमा प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीले सदनको गतिरोध हटाउन निरन्तर पहल गरिरहेको भन्दै अध्यादेशबाट बजेट ल्याउने तयारी नभएको बताएका हुन् । संसद् चलिरहेको अवस्थामा अध्यादेशबाट बजेट ल्याउने कुरा उचित नहुने बताए ।
सहकारीको विषयमा उठेको समस्या समाधान गर्नको लागि कार्यदलले काम गरिरहेको र सहमति जुट्ने उनको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१ १४:३९
प्रतिक्रिया दिनुहोस्