site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भ्रष्टाचार कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था आयो : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकका सबै तहका अंग र निकाय भ्रष्टाचारको महारोगले आतंक रहेको बताएका छन् । 

शुक्रबारबाट काठमाडौंमा सुरु पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा राजनीतिक तथा समसामयिक प्रस्ताव प्रस्तुत गर्दै ४६ साल यता मुलुकमा भ्रष्टाचार बढ्दै गएको र अहिले मुलुकका सबै तहका अंग र निकाय भ्रष्टाचारको महारोगले आतंक रहेको बताएका हुन् । “अहिले भ्रष्टाचार कहाँ छैन भन्ने खोज्नुपर्ने अवस्था आएको छ,” उनले भने । 

Dabur Nepal
NIC Asia

उनले भ्रष्टाचारको अन्त्यका लागि दृढ रूपमा उभिने अठोट गरेको जिकिर गरे । विदेशीको सहयोगविना चुनाव जित्न नसकिने र पदमा पुग्न नसकिने मानसिकताका कारण नेपाल विदेशी मुलुकहरूको क्रिडास्थल बन्न पुगेको धारणा उनले राखे । 

पार्टीले आफ्ना मागलाई स्थापित गराउन निरन्तर आन्दोलन गर्ने र विभिन्न ढंगबाट राज्यलाई दबाब दिन निरन्तर अभियान चलाउने उनको भनाइ छ । तीन दिनसम्म चल्ने बैठकमा राजनीतिक, सांगठनिक, सचिवालयसम्बन्धी र आर्थिक प्रतिवेदनका साथै विभिन्न प्रदेशका प्रतिवेदनमाथि छलफल भइ पारित गर्ने कार्यसूची रहेको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १३:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro