राजनीति
काठमाडौं । नेपाल तरुण दलले गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग गर्दै राँके जुलुस निकालेको छ ।
बिहीबार बेलुका काठमाडौंस्थित कोटेश्वरमा निकालिएको राँके जुलुसमा तरुण दलका अध्यक्ष विद्वान गुरुङ, केन्द्रीय सदस्यहरू सुशील बुढाथोकी, अशोक झालेसहितका नेताहरू सहभागी थिए ।
राँके जुलुसका क्रममा गृहमन्त्री लामिछानेको राजीनामा मागेका उनीहरूले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई रिहा गर्न माग गरेका थिए ।
उनीहरूलाई 'जीबी राईलाई पक्राउ गर, प्रेस स्वतन्त्रता जिन्दावाद'जस्ता नारा लगाएका थिए ।
तस्बिरहरू :
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१ २२:०५
प्रतिक्रिया दिनुहोस्