site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सदनको गतिरोध अन्त्यका निम्ति पहल गर्ने एकीकृत समाजवादीको निर्णय 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)ले संसद्को गतिरोध अन्त्यका निम्ति पहल गर्ने निर्णय गरेको छ ।  बिहीबार बसेको सचिवालय बैठकले सदनको गतिरोध अन्त्य गर्न प्रतिपक्ष नेपाली कांग्रेस, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्ने निर्णय गरेको हो ।

एकीकृत समाजवादीका नेताहरू सदन अवरोधबारे छलफलका लागि पार्टीलाई छलफलमा नबोलाइएको गुनासो गर्दै आएका छन् । 

Agni Group
NIC Asia

त्यस्तै, बैठकले पार्टीको महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेज जेठ १५ गते जिल्लामा पठाउने निर्णय गरेको छ । प्रचार विभागका अनुसार छलफलका लागि जिल्लामा पठाउने निर्णय भएको हो ।

पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार महाधिवेशनको खाद्य, आवास, प्रचारलगायका व्यवस्थापनका विषयमा छलफल भएको छ ।

Global Ime bank

एकीकृत समाजवादीको महाधिवेशन आउँदो असार १६–२० काठमाडौंमा गर्ने तय भएको छ । एकीकृत समाजवादीको अर्को सचिवालय बैठक जेठ १४ गते बस्ने तय भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय