site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रुकुम पश्चिममा यस वर्ष आगलागीबाट ३५ घरगोठ नष्ट, ५० लाखको क्षति
सांकेतिक तस्बिर ।

त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिममा यस वर्ष आगलागीबाट ३५ घर तथा गोठ नष्ट भएका छन् । हिउँदयाम सुरु भएदेखि हालसम्म जिल्लामा २९ घर र ६ वटा गोठ गरेर ३५ संरचनामा आगलागी भएको हो । 

आगलागी भएका घरगोठ पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । आगलागीका कारण एक महिलाको मृत्यु भएको थियो भने आगो निभाउने क्रममा दुई महिला घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिए । 

उनका अनुसार मुसीकोट नगरपालिका, सानीभेरी गाउँपालिका र बाँफीकोट गाउँपालिकामा आगलागीबाट बढी घर क्षति भएका छन् । आगलागीबाट घरमा भएको अन्नपात, लत्ताकपडा, भाँडावर्तन तथा कागजात जलेर नष्ट भएका छन् । ३५ घरमा आगलागी हुँदा करिब ४९ लाख ५२ हजार बराबरको क्षति भएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।

गत शनिबार मात्रै मुसीकोट–३, माछमीका गोर्खबहादुर केसीको घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा २५ लाख बढीको क्षति भएको थियो । उनको घरमा भएको सुन, नगद, तामा, कासका भाँडावर्तन, अन्नपात जलेर नष्ट भएका थिए । विद्युत् सर्टलगायत व्यक्तिको कमजोरीका कारण आगलागी हुने गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । रासस

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १४:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro