site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कैलाश सिरोहियामाथि लगाइएको आरोप निराधार : निधि

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि लगाइएको आरोप निराधार भएको बताएका छन् । 

बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै निधिले सिरोहियाको गिरफ्तारी प्रतिशोधपूर्ण रहेको र उनीमाथि लगाएको आरोप निराधार भएको बताएका हुन् । सरकारले तत्काल सिरोहियालाई रिहाइ गर्न माग गरे । गृहमन्त्रीको दुईवटा नागरिकता रहँदा एउटा बदर गर्ने निर्णय गरेको भन्दै उनले अहिले सिरोहियामाथि सोही आरोप लगाइनु गलत भएको धारणा राखे । 

उनले प्रशासनको कमजोरीका कारण नागरिकताको व्यहोरा फरक रहन गएको भन्दै कुनै हालतमा किर्ते नभएको दाबी गरे । “सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन कांग्रेसले माग गरेको अवस्थामा राज्यले नै रवि लामिछानेलाई निर्दोष सावित गर्न खोजेको छ,” उनले भने । 

कैलाश सिरोहियालाई भेट्न नेता निधि जनकपुर पुगेका हुन् ।   
 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro