site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा एक सातादेखि बंगलादेशका सांसद सम्पर्कविहीन

कोलकाता । निजी भ्रमणका क्रममा भारतमा आएका बंगलादेशको झिनाइदहका सांसद अनवारुल अजिम सम्पर्कविहीन भएका छन् । भारतीय अधिकारीहरूले उनको मोबाइल ट्रयाक गरे पनि अझै नभेटिएको जनाइएको छ ।

मोबाइलको रेकर्डअनुसार, उनी कोलकातामा आफ्नो साथीको घरबाट महानगरको न्यु मार्केट इलाकामा गएको देखिएको छ । यसपछि १७ मे का दिन उनको फोन बिहारको कुनै स्थानमा केही समयका लागि ‘अन’ भएको थियो । सोसम्बन्धी जानकारी कोलकातास्थित बंगलादेशको उच्चायोगलाई भारतीय अधिकारीहरूले जानकारी दिएका हुन् । 

Dabur Nepal
NIC Asia

अजिम कोलकातामा आफ्ना साथी गोपाल विश्वासको घरमा एक दिन बसेका  थिए । उनको घरबाट १३ मेमा ती सांसद भाडाको कारमा निस्केका थिए । प्रहरीले सो कारका चालकलाई सोधपुछ गर्दा सांसदलाई आफूले न्यु टाउन इलाकामा छोडेको र उनको साथमा एक व्यक्ति पनि रहेको बताएका छन् । उनले सांसदको बारेमा त्यसभन्दा बढी कुनै जानकारी नभएको बताए । 

बंगलादेशको कोलकातास्थित उच्चायोगको कार्यालयका अनुसार घटनाबारेमा शनिबार बंगलादेशका प्रधानमन्त्रीले सांसद बेपत्ता भएको सूचना दिएको र त्यसपछि उच्चायोगले भारतको विदेश मन्त्रालयलाई जानकारी गराएको थियो । 

सांसदका कोलकातास्थित साथी विश्वासले जानकारी गराएअनुसार सांसदले  त्यहाँ कोही राम्रो न्युरोलोजिस्टसँग जचाउन चाहेको बताएका थिए । आफूलाई त्यसबारेमा जानकारी नभएकोले साल्टलेकस्थित अपोलो अस्पतालमा जान सुझाव दिएको उनले बताएका छन् । बीबीसी
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  ०९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro