site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिम्जुङ–महाभिर–घ्याच्चोक सडक धमधाम कालोपत्र गरिँदै
फाइल तस्बिर
Dabur Nepal
NIC Asia

गोरखा । जिल्लाको अजिरकोट गाउँपालिकास्थित घ्याच्चोकगाउँ कालोपत्र सडकसँग जोडिने भएको छ । पूर्वाधार विकास कार्यालय गोरखामार्फत रु ३१ करोड ९८ लाख ९३ हजार लागतमा सिम्जुङबाट महभिर हुँदै घ्याच्चोकसम्मको सडक तीव्रगतिमा कालोपत्र भइरहेको छ । 

सडक कालोपत्रका लागि अहिलेसम्म सडक चौडा गर्ने, टेवा पर्खाल लगाउने, ग्याविन जाली भर्नेलगायत काम धमाधम भइरहेको छ । सिम्जुङ–महाभिर हुँदै घ्याच्चोकसम्मको आठ किलोमिटर बाटो कालोपत्र भएपछि घ्याच्चोकगाउँ पुग्न सहज हुनेछ । 

गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए । तोकिएको समयमा काम भए घ्याच्चोक कालोपत्र सडकसँग जोडिने पहिलो पालिका हुने उनले बताए । बर्खा याममा सवारी आउजाउ पूर्ण रूपमा ठप्प हुने हुँदा त्यस क्षेत्रका बासिन्दालाई सदरमुकाम ओहोरदोहोर गर्न कठिन थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १०:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro