
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा विधेयक प्रतिवेदन अध्ययनका लागि दुई दिनको समय दिन प्रस्ताव गरेका छन् । सोमबारको शिक्षा समिति बैठकमा मन्त्री पन्तले यस्तो प्रस्ताव गरेका हुन् ।
"म हात जोडेर भन्छु विधेयक छिटो पारित गरौँ । विधेयकलाई पूर्ण गर्न नलागौँ । यो कहिल्यै पूरा हुँदैन । नयाँ नयाँ विषय ल्याउने र थप्दै जाने हो भने विधेयक कहिल्यै पास हुँदैन । त्यसैले विधेयक नलब्याऊ," उनले भने ।
उनले विधेयक छिटो पास गर्न आग्रह गरे । "मान्छे बाहिर आजित भइसके । सबै माननीयज्यूहरूलाई हात जोडेर आग्रह गर्न चाहन्छु अब छिटो विधेयक पास गरौँ," उनले भने ।
विद्यालय शिक्षा विधेयकका नमिलेका विषयबारे उपसमितिले तयार पारेको प्रतिवेदन आज पेस गरिएको छ ।