राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच छलफल भएको छ ।
शुक्रबार बिहान तीन नेताबीच सिंहदरबारमा छलफल भएको हो । सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समितिको विषयले सदनमा बिहीबार मुठभेडको अवस्था बनेको थियो ।
शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सुरु हुन सकेको छैन । अहिले प्रतिपक्षी दलहरूको बैठक नयाँबानेश्वरमा बसिरहेको छ । प्रतिपक्षी दलले संसद् बैठक केही ढिलो गर्न आग्रह गरेको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१ ११:५९
प्रतिक्रिया दिनुहोस्