site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभामा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता 

काठमाडौं । राष्ट्रियसभामा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव गरिएको छ । सोनम गेल्जेन शेर्पा प्रस्तावक रहेको सो प्रस्तावमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लाई पुनरावलोकन गरी सडक सुरक्षासम्बन्धी र सवारीसाधन सञ्चालन, यातायात सूचनासम्बन्धी प्रभावकारी व्यवस्थासहित संघीय संरचना अनुरूपको वर्तमान समस्या र चुनौती सम्बोधन गर्ने विधेयकहरू तत्काल संसद्‌मा पेस गर्न लगायतका माग गरिएको छ । 

“सवारी चालक अनुमतिपत्र प्राप्ति अघि अनिवार्यरूपमा सवारी सञ्चालनसम्बन्धी पर्याप्त जानकारी उपलब्ध गराउनुका साथै चालक र सहचालकलाई आवधिकरूपमा’ सचेतनामूलक कार्यक्रम र पुनर्ताजगी कार्यक्रम सञ्चालन गर्न, सडक सुरक्षा सावधानीसहित सडक निर्माणसम्बन्धी स्पष्ट मापदण्ड तय गरी तहगतरूपमा तीनै तहका निकायबाट निर्माण गरिने सडकको न्यूनतम् मापदण्डमा एकरूपता कायम गर्न, यातायातमैत्री सडक पूर्वाधार, सुरक्षा सतर्कता, सवारी तथा यातायातसम्बन्धी कानुनको पालनाजस्ता विषयमा आमनागरिकलाई सचेतना अभिवृद्धि गर्दै अनुशासित र जिम्मेवार बन्न प्रेरित गर्न, सडक दुर्घटनामा परी घाइते भएका नागरिकको उपचारको विषयलाई स्वास्थ्य बिमाको अंगका रूपमा व्यवस्था मिलाउन, सडक दुर्घटनामा परी अपांगता भएका नागरिकको जीवन निर्वाहका लागि रोजगारीमा प्राथमिकता तथा आर्थिक वृत्तिको प्रबन्ध गर्न, सवारीसाधनहरूमा सडक सुरक्षाका आवश्यक उपकरण र प्रविधि जडान गर्ने व्यवस्था मिलाउनुका साथै अन्तर्राष्ट्रिय जगतमा नेपालको यातायात सुरक्षामैत्री छ भन्ने सन्देश प्रवाह गर्न, सार्वजनिक यातायात व्यवस्थापनलाई सुरक्षित, सहज, पहुँचयोग्य, मितव्ययी र गुणस्तरीय बनाउन,” प्रस्तावमा प्रस्ताव दर्ता गर्नुको कारण उल्लेख गरिएको छ । 

प्रस्तावको समर्थकमा माओवादी केन्द्रका जगप्रसाद शर्मा, नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया,  नेकपा एमालेकी भगवती न्यौपाने, नेकपा (एकीकृत समाजवादी)की मदन कुमारी शाह (गरिमा), जनता समाजवादी पार्टीका मोहम्मद खालिद, राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका शेखर कुमार सिंह छन् । 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro