site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सामान्य रूपमा राष्ट्रपति पौडेलको सवारी

काठमाडौं । देशमा महत्वपूर्ण अवसरमा भीभीआईपीको सवारी नागरिकका लागि टाउको दुखाइ बन्ने गर्छ । राष्ट्रपतिको विशेष सवारीमा सडक खाली गर्ने सुरक्षा प्रोटोकलका कारण सवारी नागरिकका लागि सास्ती बन्ने गरेको थियो । यसपटक सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न जाँदा र फर्कंदा राष्ट्रपति रामचन्द्र पौडेलकाे सवारी सामान्य सुरक्षामै गराइएको छ । राष्ट्रपतिको सवारीमा सडकमा अवरोध भएन । 

यसअघिदेखि नै राष्ट्रपति पौडेलले आफ्नो सवारीका कारण नागरिकले सास्ती पाउन नहुने धारणा राख्दै आएका थिए । राष्ट्रपति भएपछि इन्द्रजात्रामा सहभागी हुँदा सामान्य सुरक्षामा गएका राष्ट्रपति पौडेलले त्यसयता पनि नागरिक सुरक्षालाई केन्द्रमा राखेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 

“सम्माननीय राष्ट्रपतिज्यू राष्ट्रपति भएदेखि नै जनताको छोरा राष्ट्रप्रमुख भएपछि जनतालाई थप कष्ट हुने काम गर्नु हुँदैन भन्ने पक्षमा हुनुहुन्थ्यो,” राष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेलले भने, “त्यसैको निरन्तरता स्वरूप उहाँले आज पनि समान्य रूपमै संसद् पुगेर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।”

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठले राष्ट्रपतिको सवारी कुनै ट्राफिक जामबिना आमनागरिककै शैलीमा संसद् भवन पुगेको जानकारी दिए ।

‘हामीले हाम्रो तर्फबाट सामान्य सुरक्षा अवस्था हेरेर सवारी गराएका हौँ । राष्ट्रपति कार्यालयबाट नै सामान्य अवस्थामै संसद् भवन पुग्ने र अन्य सवारी जाम नगर्न भनिएपछि त्यही अनुसारको व्यवस्था गरेका हौँ,’ एसएसपी श्रेष्ठले भने । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १७:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro