site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
देशभर ‘सूचना–प्रविधि वर्कस्टेसन’ सञ्चालन गरिने, पाँच हजारलाई रोजगारी 

काठमाडौं । सरकारले देशभर ‘सूचना–प्रविधि वर्कस्टेसन’ सञ्चालनमा ल्याउने बताएको छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मंगलबार संघीय संसद्का संयुक्त बैठकमा उनले भने, “काठमाडौं उपत्यका र प्रत्येक प्रदेशका उपयुक्त स्थानमा सूचना प्रविधि वर्कस्टेसन सञ्चालन गरी कम्तीमा पाँच हजार रोजगारी सिर्जना गरिनेछ ।”

यस्तै, उनले सूचना प्रविधि क्षेत्रको उद्योगलाई प्रोत्साहन दिँदै नेपाललाई ग्लोबल सूचना प्रविधि हबको रूपमा विकास गरिने बताए । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:३५
प्रतिक्रिया दिनुहोस्