site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
घरजग्गा कारोबारबाट प्राप्त हुने राजस्व वैशाखमा बढ्यो
फाइल तस्बिर ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को वैशाखमा घरजग्गा कारोबारबाट चार अर्ब २४ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार, चैतको तुलनामा घरजग्गा काराबारबाट प्राप्त हुने राजस्व वैशाखमा २९ करोड ७१ लाख रुपैयाँले बढेको छ ।

गएको चैतमा घरजगा कारोबारबाट तीन अर्ब ९४ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । वैशाखमा घरजग्गाको कारोबार बढेसँगै राजस्वमा पनि वृद्धि भएको हो । गत आर्थिक वर्षको वैशाखको राजस्व संकलनलाई हेर्दा यो वर्षको वैशाखमा घरजग्गा कारोबारबाट बढी राजस्व प्राप्त भएको छ ।

गत वर्षको वैशाखमा तीन अर्ब १० करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । गत वर्षको वैशाखको तुलनमा यो वर्षको वैशाखमा एक अर्ब १४ करोड पाँच लाख रुपैयाँ बढी राजस्व संकलन भएको हो ।

विभागका अनुसार, रजिस्ट्रेसन दस्तुरबापत वैशाखमा दुई अर्ब ५६ करोड ८५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकरबापत एक अर्ब ३९ करोड ८३ लाख रुपैयाँ संकलन भएको छ ।

काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर)मा घरजग्गा कारोबारबाट वैशाखमा एक अर्ब ८२ करोड ४५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । ललितपुरको लगनखेलस्थित कार्यालयबाट सबैभन्दा बढी राजस्व संकलन भएको छ । उक्त कार्यालयबाट वैशाखमा ४६ करोड ९५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । काठमाडौंको डिल्लीबजारस्थित कार्यालयबाट ३२ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १४:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro