site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संविधान बचाउन आवश्यक छ : पूर्वराष्ट्रपति यादव
फाइल तस्बिर
SkywellSkywell

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानलाई बचाएर लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ पुस्तक विमोचन समारोहमा बोल्दै उनले अहिलेको संविधान लोकतान्त्रिक, गणतान्त्रिक, संघीयतासहितको र समावेशी तथा समानुपातिक रहेको बताए । 

उनले संविधान बचाएर लैजाने सबै नेपालीको जिम्मेवारी रहेको बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेको कुराप्रति इंगित गर्दै उनले संविधान नै सकिने अवस्थाबाट नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधान बचाउन ठूलो भुमिका खेलेको बताए । संविधानलाई संशोधन गरी समायानुकल बनाउन आवश्यक हुने उनको भनाइ छ । 

KFC Island Ad
NIC Asia

“हामीले जुन संविधान लिएर आएका छाैँ, त्यो संविधान लोकतान्त्रिक, गणतान्त्रिक छ, संघीयतासहित छ । समावेशी छ । समानुपातिक छ । आज ४५ हजार प्रतिनिधिहरू स्थानीय सरकारमा छन् । सबै समावेशी छन् । सही कुरा हामीले भन्दै जानुपर्छ । जुन संविधान ल्याएका थियौँ, संविधानलाई बचाएर लैजाने हामी नेपालीको जिम्मेवारी हो । त्यसमा बढी जिम्मेवारी माधव नेपालजीको छ । उहाँले यो जिम्मेवारी निर्वाह गर्नुभएको छ । संविधान नै खत्तम हुन थालेको थियो, त्यो संविधान बचाउन ठूलो रिस्क लिएर पाँच पार्टीलाई एक ठाउँमा ल्याएर बचाउनुभयो । यो ठूलो योगदान हो । उहाँ त्यो बेला अडिग नभएको भए यो संविधान रहन्न थियो । यत्रो ठूलो बलिदानपछि ल्याएको संविधान जुन छ, यसलाई कसरी बचाएर राख्ने, समयसापेक्षा कसरी परिवर्तन गर्ने, परिर्वतन र संशोधन गर्दै अघि बढ्नुपर्छ,” पूर्वराष्ट्रपति यादवले भने ।

उनले आगामी दिनमा पनि झनै राम्रा काम गर्दै अघि बढ्न अध्यक्ष नेपाललाई आग्रह गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ११:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro